चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

फाईल फोटो ।

सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सरोकारवाला निकायलाई जिम्मेवारी तोक्दै बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । यस्तो समितिको संयोजक मुख्यसचिव रहने प्रावधान छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्तका अनुसार बैठकले चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तुको व्यवस्थापनका लागि आवश्यकताका आधारमा सुपथ मूल्यमा पसल सञ्चालन गर्ने व्यवस्था मिलाउने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ ।

बैठकले चाडपर्व लक्षित बजार अनुगमनको दायरा र सघनता बढाउन आवश्यक जनशक्तिको विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उपलब्ध गराउने र यस्तो व्यवस्थापन संघीय मन्त्रालयले मिलाउने निर्णय समेत गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रभावकारी बजार अनुगमनका लागि सूचना संकलन, प्राविधिको प्रयोग र जोखिममा आधारित बनाउनेबारे मापदण्ड बनाउने जिम्मेवारी समेत पाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार