मुसीकोट १३ मा असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम

मुसीकोट १३ मा असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम

मुसीकोट। रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ ले असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । वडाले सुत्केरी आमा र शिशुलाई लक्षित गरेर चालु आर्थिक वर्षका लागि उक्त कार्यक्रम ल्याएको जनाएको छ ।

श्रावण १ गतेबाट सुरु भएको असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रमबाट सुत्केरी आमालाई एक हजार रुपैंया वितरण गरिदै आएको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगद सहित आमालाई न्यानो बर्की र शिशुलाई न्यानो कपडा वितरण गरिएको छ । हालसम्म ७ जनालाई सुत्केरी आमालाई घरमै पुुगेर सुत्केरी
स्याहार भत्ता प्रदान गरिएको जनाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार