आजदेखि दशैंका लागि नयाँ नोट साट्न थाल्यो राष्ट्र बैंकले

आजदेखि दशैंका लागि नयाँ नोट साट्न थाल्यो राष्ट्र बैंकले

आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज (बुधवारदेखि) नयाँ नोट साट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिनुभएको छ ।

गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एकरएक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार