बाँफिकोटमा नेबिसंघको प्रशिक्षण सम्पन्न

बाँफिकोटमा नेबिसंघको प्रशिक्षण सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका नेपाल विद्यार्थी संघले दुई दिने प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

बाँफिकोट गाउँपालिका ४ छिनखेतस्थित पार्टी कार्यलयमा नेबिसंघका बाँफिकोट गाउँपालिकाका सभापति दिपेन्द्रराज कुसारीको अध्यक्षता र नेपाली कांग्रेस बाँफिकोटका सभापति धिरेन्द्र कुमार शाहीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाफिकोट गाउँपालिकाका सभापति धिरेन्द्र कुमार शाही, बिद्यार्थी नेता चिरञ्जीवी मल्ल, नेविसंघ बाँफिकोटका सभापति दिपेन्द्र राज कुसारी र सचिव रतन शाहीले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो । नेपाल विद्यार्थी संघ, संगठन र गाउँपालिका भित्र संगठन बिस्तार, गाउँपालिका भित्र रहेका बिद्यालयमा शिक्षाको अबस्था, विद्यार्थीको काम र कर्तव्यका बिषयमा प्रशिक्षण दिईएको बताईएको छ ।

प्रशिक्षण पश्चात सम्पन्न बैठकले असोज २ गतेदेखि गाउँपालिका भित्र रहेका विद्यालयमा संगठनलाई पुर्णगठन गर्ने, बिद्यालयको भौतिक र शैक्षिक क्षेत्र अध्ययन तथा विद्यालय अनुगमन गर्ने, वडा नम्वर २ नेपाली कांग्रेस पार्टी सभापति तथा वडा अध्यक्ष प्रकाश खत्रीको ममतामयी आमा ललि खत्रीको दुखद निधन भएकोले शोक प्रस्ताब पारित गर्ने, नेपाल विद्यार्थी संघको परिचयपत्र वितरण गर्ने र गाउँपालिकामा रहेका १० ओटै माबि स्रतका विद्यालयमा संगठन बिस्तारको लागि २ टिम बनाएर परिचालन गर्ने निर्णय समेत गरिएको छ ।

नेपाल विद्यार्थी संघ सदस्य खिम बहादुर कुसारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको कार्यक्रम संचालन सचिब बालाराम खत्रीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार