रुकुम पश्चिममा खोरेतविरुद्धको खोप अभियान

५० हजार पशुमा खोप लगाउने लक्ष्य

रुकुम पश्चिममा खोरेतविरुद्धको खोप अभियान

५० हजार पशुमा खोप लगाउने लक्ष्य

 

मुसिकोट । रुकुम पश्चिममा पहिलो पटक पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुलाई खोप दिने उद्देश्यसहित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको सहयोगमा खोरेतविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ ।

प्रयोगशालाका पशु चिकित्सक लक्ष्मीनारायण दासका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमको सहकार्यमा प्रदेशमै पहिलो पटक खोरेत रोगविरुद्धको खोप अभियान चलाइएको हो । उहाँले रुकुम पश्चिमका ५० हजार पशुमा उक्त खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

असोज १ गते जिल्लाको मुसीकोट नगरपालिका–२, कालच्युरीमा रहेको सिद्धबाबा कृषि फार्ममा रहेका गाई, भैँसीलाई खोप दिएर अभियानको सुरुवात गरिएको थियो ।

असोज १ गतेदेखि सुरु भएको खोप अभियान असोज ९ गतेसम्म जिल्लाभरमा सञ्चालन हुने पशु अस्पताल तथा पशुसेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार अहिले घरघरमै पुगेर खोपकर्ताहरुले गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुर, सुँगुरलगायतका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाई रहेका छन । जिल्लाका सबै स्थानीय तहमा ३५ जना खोपकर्ता परिचालन गरिएको छ ।

 

जिल्लाका ६ वटा स्थानीय तहमा रहेका पशुलाई खोरेत रोगविरुद्धको खोप दिनका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ४० हजार खोप सहयोग गरेको छ भने १० हजार खोप पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले व्यवस्था गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार