रुकुम पश्चिममा एक जना कैदीबन्दीको कैद मिनाहा

आठौँ संविधान दिवसको अवसरमा

रुकुम पश्चिममा एक जना कैदीबन्दीको कैद मिनाहा

आठौँ संविधान दिवसको अवसरमा

मुसिकोट । रुकुम पश्चिमको कारागारमा रहेका एक जना कैदीबन्दीको कैद मिनाहा गरिएको छ । आठौँ संविधान दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिममा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा देशभरका ७०२ कैदीहरूलाई कैद छुट गर्नुभएकोमा जिल्लाका कारागार रुकुम पश्चिमको कारागारमा रहनुभएका एक जना पर्नुभएको कारागार कार्यालय रुकुम पश्चिमका प्रमुख अकबिर घर्तीले जानकारी दिनुभयो । नकवजनी चोरी मुद्धाका एकजनाको कैद सजाय मिनाहा भएको घर्तीले बताउनुभयो ।

२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १२२ जना कैदी बन्दी रहेका छन् । जसमा १११ पुरुष, १० जना महिला र एक नाबालक रहेका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार