रुकुममा प्रथम विनोद स्मृती कप सञ्चालन हुँदै , प्रथम पुरस्कार राशी १ लाख २५ हजार

रुकुममा प्रथम विनोद स्मृती कप सञ्चालन हुँदै , प्रथम पुरस्कार राशी १ लाख २५ हजार

मुसिकोट । रुकुम फुटबल क्लबको आयोजनामा रुकुम पश्चिममा “प्रथम विनोद कप-२०७९” सञ्चालन हुने भएको छ । हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा स्वर्गिय फुटबल खेलाडी विनोद केसीको सम्झनामा “प्रथम विनोद कप-२०७९” आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा विजेता हुने समुहले एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता हुने समुहले ५५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने रुकुम फुटबल क्लबका अध्यक्ष हरि केसीले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरु छनोट गरि पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर छनोट गरि पाँच/पाँच हजारको साथमा ट्रफीले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडीलाई ७ हजारको साथमा ट्रफीले पुरस्कृत गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

खेल प्रतियोगिता २०७९ कात्तिक १ देखि ५ गतेसम्म मुसिकोट नगरपालिका वडा नम्बर १३ स्थित सेवा केन्द्र मैदान सादनचौरमा सञ्चालन हुने छ । टिम दर्ता असोज २० देखि ३० गतेसम्म गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुन चाहनेलाई दर्ता शुल्क १२ हजार पाँच सय तोकिएको छ ।

यस्तै आगामी वर्ष हुने “सी डिभिजन क्वालीफईर” गेमको लागि उत्कृष्ट खेलाडीहरुलाई छनोट गरिने आयोजक रुकुम फुटबल क्लबले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार