आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना

आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ ।

आइतबार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीले नापी र मालपोत कार्यालय उद्घाटन गर्नुभएको हो।

स्थानीय मान बहादुर बटाला र तप्त बहादुर बटालाको घरमा मालपोत र नापी कार्यालयको उद्घाटन गरिएको छ । आठविसकोट नगरपालिका, बाँफीकोट गाउँपालिकाका जनतालाई सेवा दिनका लागि आठबिसकोटमा उक्त कार्यालय स्थापना गरिएको हो ।

स्थानियस्तरबाटै जग्गा सम्बन्धि हरेक कामकाज गराउन पाउने भएपछि पालिकाका स्थानियहरु हर्षित भएका छन् । पहिले पहिलेजग्गासम्बन्धि सानो सानो कामकाजको लागि पाँच घण्टा टाढा सदरमुकाम जानुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयको भनाई छ ।

यस्तै नापीमा तुलसीराम भुसाल र मालपोत कार्यालयमा निलध्वज पाण्डेले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

उदघाटन कार्यक्रममा आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसी,उप प्रमुख धनकुमारी शाही, नेपाली काँग्रेसका जिल्ला सचिव तारक बहादुर शाही, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गंगाराम चनरा, नेकपा एमालेका नेता दिनेश चन्द, नेकपा समाजवादीका प्रदेश कमिटी सदस्य बीरबहादुर शाही लगायतको आथित्यता रहेको थियो ।

२०७८ चैत्र १७ गतेको मन्त्रीस्तरीय बैठकले बाँकेको कोहलपुर, डडेल्धुराको जोखबुढा, महत्तरीको गौशाला र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा शाखा स्थापना गर्ने निर्णय गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार