सानीभेरीमा बजार अनुगमन

सानीभेरीमा बजार अनुगमन

मुसिकाेट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले चाडपर्व नजिकिएसँगै बजार अनुगमन सुरु गरेको छ ।

खाद्यन्न तथा दैनिक उपभोग्य बस्तुहरुमा मुल्य वृद्धि, म्याद नाघेका बस्तुको बिक्री वितरण भए नभएको र दर्ता नविकरण भए नभएको जाँच गर्न बजार अनुगमन सुरु गरिएको जनाइएको छ ।

साेमबार सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनको नेतृत्वमा सिम्ली बजार क्षेत्रका विभिन्न पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कतिपय पसलहरुमा खाद्यन्न तथा दैनिक उपभोग्य बस्तुहरुको म्याद नाघेको, व्यवसाय दर्ता नविरकण नभएको र मुल्य सुची टाँस नगरिएको पाइएको प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याद नाघेका खाद्यन्न तथा दैनिक उपभोग्य बस्तुहरुको शिल गरिएको, असोज मसान्तसम्म व्यवसाय दर्ता नविकरण गर्न र पसलमा मुल्य सुची टाँस गर्न व्यवसायिहरुलाई निर्देशन दिइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार