सिस्नेमा प्रधानाध्यापकसँग करार सम्झौता

सिस्नेमा प्रधानाध्यापकसँग करार सम्झौता

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग करार सम्झौता गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले प्रधानाध्यापकसँग करार सम्झौता गरेको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुुभयो ।

गाउँपालिकाले आधारभूत तथा माध्यामिक तहका ३२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहसँग ९ पेज लामो कार्य सम्पादन करार सम्झौता गरेको हो ।

८ माध्यामिक, २१ आधारभूत र ३ बालविकासमा अध्यापन गराई राखेका प्रधानाध्यापकहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले तीन चरणमा कार्य सम्पादन गर्न सक्ने गरि सम्झौता गरेका छन ।  सम्झौता अनुसार नियुक्ति पाएको एक महिनामा १५ वटा काम गर्नुपर्ने छ ।

सिस्ने गाउँपालिका भित्रका ३९ सामुदायिक विद्यालय रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार