आठविसकोटमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

आठविसकोटमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

फाईल तस्बीर

मुसिकोट । रुकुम पश्चिमको आठविसकोटमा सर्वाधिक पुरस्कार राशिको खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।

कार्तिक १४ गते देखि  स्थानीय चौतारा मेलाको अवसरमा आठबीसकोट नगरपालिका वडा नम्बर ९ मा २ लाख २० हजार पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको हो । यो प्रतियोगिता जिल्लाकै अहिलेसम्मकै ठूलो पुरस्कार राशिको हो ।

२८ औं चौतारा मेलाको अवसरमा महिला पुरुष भलिबल, पुरुष ब्याडमिन्टन र लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ । जसमध्य पुरुष भलिबलको विजेता पुरस्कार २ लाख २० हजार राखिएको आठबीसकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जनक बहादुर बटालाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार उप-विजेता पुरस्कार १ लाख ५० हजार राखिएको छ । सेमिफाइनल पुग्ने दुई टिम अर्थात शान्त्वना हुने दुई टिमलाई समान १/१ लाख प्रदान गरिने छ ।

त्यस्तै महिला भलिबलको विजेता पुरस्कार भने १ लाख ३० हजार राखिएको छ । उप विजेता पुरस्कार ८० हजार राखिएकामा सेमिफाइनल पुग्ने २ टिमलाई समान ५०र५० हजार पुरस्कार राखिएको छ ।

६५ हजार पुरस्कार राशिको पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । उप विजेता जोडीले भने ४० हजार नगद पुरस्कार पाउँने छ । सेमिफाइनल पुग्ने २ जोडीले समान १५र१५ हजार पुरस्कार पाउने वडा कार्यालयले जनाएको छ ।

यस्तै लोक दोहोरीको प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय १० हजार पुरस्कार राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार