यामबहादुरको उपचारको लागि आर्थिक सहयोग

यामबहादुरको उपचारको लागि आर्थिक सहयोग

रुकुुमकोट । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ६ का एक जना उच्च रक्तचापका बिरामीलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् । ढकालबारा निबासी यामबहादुर हमाललाई युवाहरुले उपचारको लागि आर्थिक सहयोग गरेका हुन् ।

डाक्टरका अनुसार उच्च रक्तचापका बिरामी हमालको टाउकाको अप्रेसन गर्नुपर्ने भएपछि उपचार खर्चमा केहि राहत मिलोस भनेर युवाहरुले ४३ हजार तीन सय रकम संकलन गरि सहयोग गरेका हुन् ।

हमालको काठमाडौं पाटन हस्पिटलमा उपचार भइरहेको छ । अप्रेसन गर्न धेरै रकम खर्च हुने भएपछि युवाहरुले आर्थिक सहयोग संकलन गरेर सोमबार हमालकी कान्छि बुहारी सिता बुढालाई हस्तान्त्रण गरिएको स्थानीय मनबहादुर बिसीले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार