एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने नियुक्त

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी १५ मंसिरदेखि लागु हुनेगरी सीईओ पदमा निरन्तरता दिने निर्णय भएको बैंकले जनाएको छ । उनको कार्यकाल थप ४ वर्षको हुनेछ ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा प्रवेश गरेका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि न्यौपाने १६ मंसिर २०७५ मा सीईओमा नियुक्त भएका थिए ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार