पाईला स्पोर्ट एकेडेमी उपाधि चुम्न सफल

पाईला स्पोर्ट एकेडेमी उपाधि चुम्न सफल

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ मा भएको खुल्ला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बुधवार देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

चौतारा मेलामा भएको खुल्ला महिला भलिवल प्रतियोगिता पाईला स्पोर्ट एकेडेमी प्रथम भएको छ । सहभागी भएका ६ टिमलाई पछि पार्दै पाईला स्पोर्ट एकेडेमी आठबिसकोट प्रथम बनेको हो ।

यस्तै भलिवलमा भलिवल प्रशिक्षण केन्द्र रुकुम पश्चिमले दोस्रो स्थान हासिल गरेको छ भने जाजरकोटको टिम र डिडि व्रदर्स आठबिसकोटको टिमले सान्त्वना स्थान हासिल गरेका छन ।

महिला भलिवल प्रतियोगिताको प्रथम ,दोस्रो र सान्तवना हुनेले क्रमश एक लाख ३० हजार, ८० हजार र ५०/५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार