स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्धारा एकदिने गोष्ठि सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्धारा एकदिने गोष्ठि सम्पन्न

मुसिकोट । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय मुसिकोटले रुकुम पश्चिममा एक दिने गोष्ठी सम्पन्न गरेको छ । बिपन्न वर्गलाई लक्षित गरेर आयआर्जनमा बृद्धि गर्ने उद्धेश्यले सोमबार केन्द्र प्रमुखहरुसँग गोष्ठि सम्पन्न गरिएको सस्थाले जनाएको छ ।

गोष्ठीको प्रमुख अतिथि रहनुभएका मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले विभिन्न सीपमूलक तालिमहरूमा संस्थासँग समन्वय गर्न तयार रहेको बताउनुभयो । उहाँले आय आर्जनका लागि लगानी गर्न र साच्चिकै स्वाबलम्बन बनाउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका इलाका कार्यालय दाङका सहायक इलाका प्रबन्धक राजेन्द्र थापाले संस्थाको विविध विषयबस्तु र धेरै संस्थासंग ऋण लिँदा हुने समस्याहरूको बारेमा बोल्नुभएको थियो । केन्द्रका सदस्यहरूले एक संस्थाबाट मात्रै वा आफ्नो क्षमता अनुसार मात्र ऋण लिन आग्रह गर्नुभयो ।

उहाँले विशेष आवश्यकता भए मात्रै र उद्यमी बन्ने उद्देश्यले कर्जा लिन केन्द्रका प्रमुखहरूलाई सुझाव दिनुभयो । हालसम्म मुसिकोट शाखाले मृत्यु भएका परिवारलाई बिमा स्वरूप दिने राहात ४५ जनालाई, १३ जना क्यान्सर पीडित र ९ जना अन्य रोगबाट पीडित संस्थाका सदस्यलाई १० हजारका दरले सहयोग प्रदान गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा वर्ष भरी केन्द्रले गरेको कामको मूल्याकंन उत्कृष्ट तीन केन्द्रलाई पुरस्कार प्रदान गरिएको छ । केन्द्र नम्वर १८ सल्ले प्रथम, केन्द्र नम्वर १५ मठ दोश्रो र सिस्ने गाउँपालिका केन्द्र नम्वर ४४ तृतीय भएको छ । प्रथम, द्धितिय र तृतीय हुने केन्द्रलाई क्रमश पाँच हजार, चार हजार र तीन हजार नगद रकमको साथमा प्रमाणपत्र प्रदान गरिएको सस्थाले जनाएको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा सञ्चालित केन्द्र नम्बर २७ कि केन्द्र प्रमुख तथा बाँफिकोट गाउँपालिकाकी उपाध्यक्ष तारा केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिका वडा न १ का वडा अध्यक्ष ज्ञानु चन्द र स्वावलम्बन लघुवित्त वित्तीय संस्था इलाका कार्यालय घोराही दाङका सहायक इलाका प्रबन्धक राजेन्द्र थापाको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यालय प्रमुख दीपक सिंह भुजेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका सहायक देव सिंह ठकुरीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार