आठविसकोटमा घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

आठविसकोटमा घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै एकिकृत सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर सुरु गरेको छ ।

आज नगरपालिकाले वडा नम्बर १४ को घेत्मामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।

नगरपालिकाबाट प्रवाह गरिने सेवाहरुको विकेन्द्रीत गरि जनताको घरदैलोमा सेवा प्रवाह गर्ने, सार्वजनिक सेवा सरल सहज रुपमा उपलब्ध गराउने, सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उदेश्यका साथ नगरपालिकाले एकिकृत सेवा प्रवाह घुम्ती शिविर संन्चालन गरेको अधिकृत शाहले बताउनु भयो ।

पहिलो दिन विभिन्न १० वटा योजनाहरुको सम्झौता गरिएको र अपांगता भएका पवन कामी (क) बर्ग पार्वती मल्ल, कृष्ण मल्ल (ख) बर्ग र मदन प्रकाश मल्ल र झगविर महतारा लाई (घ) बर्ग गरि ५ जनाको अपांगता परिचय पत्र वितरण गरिएको योजना शाखा प्रमुख रत्न परियारले जानकारी दिनुभयो ।

यस्तै मंसिर १२ गते वडा नम्बर १३ घेत्मामा,१३ गते वडा नम्बर ६ मुलबजारमा, १४ गते वडा नम्बर ४,र ५ को चौतारा, १५ गते वडा नम्बर १र२ को साझेवगरमा र १६ गते वडा नम्बर ३ को खदीमा शिविर संचालन गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार