बुढाथोकी क्षेत्री सेवा समाजको अध्यक्षमा बिष्णु बुढाथोकी चयन

बुढाथोकी क्षेत्री सेवा समाजको अध्यक्षमा बिष्णु बुढाथोकी चयन

अध्यक्ष बिष्णु बहादुर बुढाथोकी

मुसिकोट । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन मुसिकोटमा सम्पन्न भएको छ । शनिबार खलंगा स्थित बालमन्दिरको सभाहलमा नयाँ कार्यसमिति चयन गर्दै बुढाथोकी क्षेत्री सेवा समाजको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट मुसिकोट नगरपालिका वडा नम्बर १ सल्ले निवासि बिष्णु बहादुर बुढाथोकीको अध्यक्षमा १५ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा चित्रबहादुर बुढाथोकी, सचिबमा कुल बहादुर बुढाथोकी, कोषाध्यक्षमा सरिता बुढाथोकी चयन हुनुभएको छ ।

यस्तै अधिबेशनबाट पदम बहादुर बुढाथोकीको संयोजकत्वमा ६ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको । अधिबेशनको समाजकी केन्द्रीय सदस्य देवी बुढाथोकीले अधिवेशनको उद्घाटन गर्नुभयो ।

प्रथम जिल्ला अधिवेशन आयोजक समितिका संयोजक बिष्णु बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रीय सदस्य जगत बुढाथोकी, सुर्खेत जिल्ला शाखाका अध्यक्ष सुरेन्द्र बुढाथोकी, सल्यान जिल्ला अध्यक्ष चन्द्र बहादुर बुढाथोकी, नेपाली काँग्रेसका सह सचिब यज्ञ बिष्ट, समाजबादी मुसिकोटका अध्यक्ष दिपकराज खड्का, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, मालपोत कार्यालयका नायब सुब्बा राजेन्द्र विसि, सामाजिक अभियान्ता गोबिन्द बुढाथोकी लगायतको आथित्यता रहेको थियो ।

कमल बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको संचालन कुलबहादुर बुढाथोकीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार