सल्लेमा निःशुल्क आँखा अप्रेशन शिविर सुरु

सल्लेमा निःशुल्क आँखा अप्रेशन शिविर सुरु

मुसिकोट । रुकुम पश्चिममा दुई दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ । जिल्ला अस्पताल सल्लेमा रहेको आँखा उपचार केन्द्रमा दुई दिने आँखा अप्रेशन शिविर सुरु गरिएको हो ।

मोतियाविन्दुको समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर आज र भोली संचालन हुनेछ । आँखाको समस्या भएका सवै बिरामीले आँखाको जाँच तथा अप्रेशन सेवा लिन सक्ने बताइएको छ ।

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोग र मुसिकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा आँखा उपचार केन्द्र सल्लेले शिविरको आयोजना गरेको हो ।

नेपाल नेत्र ज्योती संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख र मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारि प्रेम जि.एम., शसस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) गोबिन्द बहादुर केसी, राप्ती आँखा अस्पताल तुलसिपुरका डाक्टर सुरेश रसाइली, जिल्ला अस्पतला सल्लेका डाक्टर भिमकान्त जैसी, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी लगायतको आथित्यता रहेको थियो ।

यस्तै केही दिन अघि जिल्लाको आँखा उपचार केन्द्रले मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न १० ठाउँमा निःशुल्क आँखा जाँच तथा उपचार शिविर संचालन गरिएको थियो । जसक्रममा २ सय १७ जना अप्रेशन गर्नुपर्ने खालको मोतियाविन्दुको समस्या भएका बिरामीहरु फेला परेको आँखा उपचार केन्द्र सल्लेका प्रमुख केसीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार