मुसिकोटमा बालविकास सहजकर्ताको लागि अभिमुखीकरण

मुसिकोटमा बालविकास सहजकर्ताको लागि अभिमुखीकरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताको लागि प्रारम्भिक वालबिकास पाठ्यक्रममा आधारित अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनमा प्रारम्भिक बालबिकास सहजकर्ताको लागि शहिद स्मृती प्रतिष्ठानको सभाहलमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

बिहिबार मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बिच अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्नुभएको हो । अभिमुखीकरण कार्यक्रममा नगरपालिका भित्रका प्रारम्भिक बालविकासका सहजकर्ताहरुको सहभागिता रहेको छ ।

नगरपालिका समानीकरण अनुदान तर्फ स्वीकृत कार्यक्रम अन्तरगत बालविकास सहजकर्ताको लागि दुई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक एक्क बहादुर पाण्डे, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का, लेखा अधिकृत नरेन्द्र बिष्ट, त्रिपुरा माविका प्रधानाध्यापक शंकर रावल लगायतको आथित्यता रहेको थियो । अभिमुखीकरण कार्यक्रम भोली पनि सञ्चालन हुने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार