नगर प्रमुख केसीद्धारा निर्माणाधीन विद्यालय भवनको अनुगमन

नगर प्रमुख केसीद्धारा निर्माणाधीन विद्यालय भवनको अनुगमन

निर्माणाधीन महेन्द्र माविको भवन अनुगमन गर्दै नगर प्रमुख महेन्द्र केसी लगायतको टोली।

 मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले आफ्नो नगर क्षेत्र भित्र सञ्चालनमा रहेका विद्यालयहरुको अनुगमन कार्यलाई तिव्रता दिनुभएको छ । आफु निर्वाचित भएदेखि विद्यालयको भौतिक, शैक्षिक अवस्थाको बारेमा नगर प्रमुख केसीले विभिन्न विद्यालयहरुमा अनुगन गर्दै आउनुभएको छ ।

आज नगर प्रमुख केसी सहित वडा नम्बर १३ का वडा अध्यक्ष खल बहादुर खड्का, कार्यपालिका सदस्य दल बहादुर परियार र वडा सदस्य गोपाल केसीको टोलीले मुसिकोट नगरपालिका वडा नम्बर १३ मा रहेको मेहन्द्र माध्यामिक विद्यालयको निर्माणाधीन भवनको अनुगमन गरेको छ ।

शिक्षा मन्त्रालयबाट नमुना विद्यालयको रुपमा छनोट भएको यस विद्यालयमा निर्माणाधीन भवनको नगर प्रमुख सहितको टोलीले अनुगमन गरेको विद्यालयका सहायक प्राचार्य सुधिर केसीले जानकारी दिनुभयो । यो भवन निर्माण कार्य गत बर्ष सुरु भएको थियो ।

यस्तै विद्यालयको विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब र समग्र भौतिक संरचनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विद्यालयमा कक्षाको अभाव देखिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँले नमुना विद्यालय कार्यक्रम अन्तरगतको निर्माणधीन नयाँ भवन छिटो बनाउन ठेकदार कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

उक्त भवन निर्माण सम्पन्न भएपछि विद्यालयको कक्षा अभावको समस्या समाधान हुने बताइएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार