बारीबाटै बिक्रि हुन्छ किवी

बारीबाटै बिक्रि हुन्छ किवी

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका किसानले उत्पादन गरेको चार सय क्वीन्टल किवी कर्णाली वेभरेज प्रालिले खरिद गरेको छ । आठबीसकोट नगरपालिका वडा नम्बर १२ झिनचौरमा रहेको कर्णाली वेभरेजले किसानले फलाएको किवी छिमेकी जिल्ला जाजरकोटबाट १५ क्वीन्टल, सल्यानबाट १० क्विन्टल, मुसिकोट नगरपालिकाबाट २० क्वीन्टल, त्रिवेणी गाउँपालिकाबाट ४५ क्वीन्टल, सानीभेरी गाउँपालिकाबाट ४० क्वीन्टल, बाँफिकोट गाउँपालिकाबाट ४५ क्वीन्टल र आठविसकोट नगरपालिकाबाट खरिद २ सय २५  क्वीन्टल खरिद गरिएको कर्णाली वेभरेजका अध्यक्ष दल बहादुर शाहले जानकारी दिनुभयो ।

स्थानीय सरकारले किवी खेतिलाई जोड दिएपछि नगरपालिकामा किवी खेति गर्ने किसानको संख्या बढेको छ । सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा वितरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका छन् । नगरपालिकामा गत वर्ष मात्र २१ सय वटा किबिका विरुवा रोपेका थिए । अहिले नगरभर करिब १७ सय किबिका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ ।

आठविसकोटमा रहेका बोटबाट करिब २ सय भन्दा बढी क्वीन्टल किवी उत्पादन भएको अनुमानसहित नगरपालिका र कर्णाली वेभरेज र किसान बीचमा सहमति भएको हो । त्यस्तै किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्‍याउनको लागि लाग्ने भाडा नगरपालिकाले तिरेको नगर प्रमुख रवी केसीले जानकारी दिनुभयो ।

अहिलेसम्म किसानले आफुले किवी बिक्रि गरिरहेकामा पहिलो पटक छिमेकी जिल्लाहरु तथा पालिकाको किवी एकमुस्ट बिक्री हुन लागेको हो । नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषकहरु खुसी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ । नगरपालिकाभित्र उत्पादन भएका सुन्तला पनि खरिद गरिने नगरपालिकाले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार