बाँफिकोट २ का विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिने

बाँफिकोट २ का विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिने

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा २ का विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिने भएको छ ।

खरको छानामुक्त वडा बनाउने अभियानअन्तर्गत वडा नम्बर २ का २६ घरपरिवारलाई जस्तापाता वितरण गरिने वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।

वडाले घरपरिवार छनोट गरेकोले जस्तापाता छिटै वितरण गरिने वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७९/०८० मा कर्णाली प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमबाट जस्तापाता वितरणको लागि १३ लाख १६ हजार छ सय रुपैया प्राप्त भएको छ ।

आगामी पाँच बर्ष भित्र वडामा रहेका खरको छाना विस्तापित गर्दै सबैको घरमा जस्तापाता राखिने वडाको योजना रहेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

वडाले जनकल्याण माध्यामिक विद्यालयमा डिजिटल हाजिर र सिसि क्यामेरा जडान गर्ने जनाएको छ । जसको लागि ३ लाख २० हजार बिनियोजन गरेको छ ।

त्यस्तै जनज्योती आधारभुत बिधालय दब्लाङमा शौचालय निर्माणको लागि पनि ८० हजार रकम बिनियोजन गरेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार