रुकुम पश्चिममा पनि ३२ औं प्याब्सन दिवस मनाइयो

रुकुम पश्चिममा पनि ३२ औं प्याब्सन दिवस मनाइयो

मुसिकोट । रुकुम पश्चिममा नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को ३२ औं स्थापना दिवस मनाइएको छ । विभिन्न कार्यक्रमहरु गरी दिवस मनाइएको प्याब्सन रुकुम पश्चिमले जनाएको छ ।

मुसिकोट खलंगाको बालमन्दिरमा मञ्चको कार्यक्रम हुनु पूर्व मुसिकोट नगरपालिका ५ को सेरिगाउँमा रहेको नगरपालिकाको कार्यालय देखि र्याली निकालिएको थियो ।  र्याली खलंगा बजार परिक्रमा गर्दै बाल मन्दिरमा पुगेर मञ्चको कार्यक्रममा परिणत भएको थियो ।

प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा दिवस विशेष विभिन्न प्रतियोगितामा विजयी विद्यार्थी तथा विद्यालयलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको प्याब्सनका जिल्ला अध्यक्ष शर्माले जानकारी दिनुभयो । दिवसको अवसरमा छात्र छात्रा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ, गणित दौड, अंग्रेजी प्रस्तुतिकरण, अंग्रेजी हिज्य, फुटबल, लोक नृत्य, विद्यालय संचालक र शिक्षकहरुका विचमा ब्याडमिन्टन लगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रममा प्याब्सनका कर्णाली प्रदेश अध्यक्ष खड्क कँवर, शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनमगर, प्याब्सनका केन्द्रीय सदस्य जयबहादुर थापा, मुसिकोट नगर शिक्षा प्रमुख नरेन्द्र ओली, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उप प्राध्यापक हरिबिष्णु ओली, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो ।

प्याब्सनका जिल्ला सचिव डिल बहादुर नाथको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन उपाध्यक्ष हरिभक्त भण्डारीले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार