वडाअध्यक्षले गराए कार्यकारी अधिकृतको हाजिरी

वडाअध्यक्षले गराए कार्यकारी अधिकृतको हाजिरी

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवाको माग राख्दै विराधमा उत्रिएका लमही नगरपालिकाका केहीवडा अध्यक्षहरुले आफनै गाडीमा राखेर हाजिर गराएका छन् । प्रशासकिय प्रमुखलाई आइतवार नगरपालिका पुर्याएर हाजिर गराएका हुन् ।

लमही न.पा.वडा नम्वर ७ अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मोहन गिरीले आफनै गाडीमा राखेर प्रहरीबलसहित नगरपालिका पुराइ अधिकृत डाँगीलाइ इ–हाजिर गराएका थिए । अधिकृत डाँगीलाइ प्रहरीदस्ता सहित हाजिरी गराएपछि लमही नगरपालिकाका कर्मचारीहरु तनाबमा परेका छन ।
आफूहरु विरोधमा फौजदारी मुद्दादर्ता गरेका अधिकृत दलबलसहित नगरपालिकाका हाजिरभए लगतै उनिहरु थप तनाबमा देखिएका हुन । स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीले आफूमाथि अधिकृतले फौजदारी मुद्दा दर्ता गराएको भन्दै आत्मदाहाको प्रयास गरेकी थिईन ।
उनले दलबल सहित इ–हाजिर गर्न पुगेका कार्यकारी भित्र गए लगतै जर्किनबाट सेनीटाइजर आफनो शरीरमा खनाएर आत्मदाहा गर्ने प्रयास भएको प्रहरीले जनाएको छ । उनलाइ सहकर्मीहरुले बचाएको मनोपरार्श दिन लागिएको प्रहरीले जनाएको छ ।

लमही नगरपालिकाका मेयर जोगराज चौधरी धेरै विबाद भएका कारण केही समय हाजिर गराइ अनेत्र सरुवा पठाउने योजनामा रहेको बताउँछन ।
नगरपालिकाका अन्य कर्मचारीहरुले आफूमाथि राणाशासनकै रवैया देखाएको भन्दै कार्यकारीको लामो सयमदेखि विरोध गर्दै आएका छन । कर्मचारी भन्दापहिला डाँगीको विषयलाइ लिएर मेयर उपमेयर वाहेका जनप्रतिनिधीहरु विरोधमा रहदै आएका थिए । कर्मचारीको आन्दोलनलाई समेत ऐक्यवद्धता जनाएका वडा अध्यक्षहरुले फिल्मी शैलिमा आफनै गाडीमा डाँगीलाई नगरपालिका भित्राउँदा कर्मचारीले धर्नामा बसेको पशुशाखाका अधिकृत शिवराज अधिकारीले वताए । आफना माग संवोधननभए सोमबारदेखि नगरपालिका र सबै वडाहरुको कामकाज समेत ठप्प पार्ने अधिकारी वताउँछन ।

नगरपालिका महिनौ दिन देखि प्रशासकिय प्रमुखविहिन बन्दा नगरपालिकाको दैनिक हुने प्रशासन देखि अन्य काम काज समेत ठप्प बनेको छ । गत भदौको पहिलो हप्ता सुरुवा भएका डाँगी असोजको १२ गते स्टेअडरका साथ काममा फर्किएका थिए । उनि काममा फर्किएपनि जनप्रतिनिधी बिचको विवादका कारण काम गर्ने बातावरण नहुँदा काजमै बस्दै आएका थिए ।

नगरपालिकावाट लिइने साना ठूला सिफारिस नपाउँदा सेवाग्राही मर्कामा परेको वताउँछन । पुस महिना वितिसक्दा समेत आर्थिक वर्ष २०७९÷८० कुनै पनि विकास संम्झौता भएका छैनन् भने टेण्डर भएका योजनाका काम समेत नभएको उपभोक्ता मार्फत निर्माण गरिएका योजना सम्पन्न भएका कामको बिल ,भरपाइ भुक्तानी नभएको वडा नम्बर ५ का अध्यक्ष ओम प्रसाद सुवेदी वताउँछ । पहिलो चरणमा भदौको दोस्रोसाता लमही नगरपालिकाबाट बर्दियाको मदुवन नगरपालिकाका नियमित सुरुवा भएका अधिककृत १ महिना नवित्दै पुनः लमही नगरपालिकामा आए लगतै बिवाद सुरु भएको हो । बुटवल टुडे बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार