भेरी नदीमा अस्थायी पुल निर्माण

भेरी नदीमा अस्थायी पुल निर्माण

मुसिकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी पुल निर्माण गरिएको छ । जाजरकोटको तल्लु बगरमा पुल निर्माण गरिएपछि अब सोझै डोल्पा जान सकिने छ ।

निर्माणाधीन भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डलाई जोड्ने पुल नहुँदा सोझै डोल्पासम्मको आवतजावतमा समस्या भैरहेको थियो । राप्ती लोकमार्गको थपिएको निर्माणाधीन नयाँ खण्डअन्तर्गत रुकुम पश्चिमको गोतामकोटदेखि छोटेबगरसम्मको सडक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री ओसार्न र यही स्थानमा निर्माणाधीन बेली ब्रिजका सामग्री पारी तार्नका लागि अस्थायी पुल बनाइएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले बताउनुभयो ।

करिब ३० लाखको लगानीमा ५८ वटा ह्युम पाइप राखेर पुलको निर्माण गरिएको कर्णको भनाइ छ । यस स्थलमा ३ करोड ८१ लाखको लागतमा बेली ब्रिज निर्माणको काम पनि भैरहेको छ । तर‚ पुलपारी रुकुम पश्चिमको गोतामकोट साइटमा बन्न लागेको सडककै लागि भनेर अस्थायी पुल बनाइएको हो ।

 

बेली ब्रिज बनाउनका लागि हिम सगरमाथा (खड्का कृष्ण जेभीले २०७८ पुसमा निर्माणको जिम्मा लिएको थियो । पुल निर्माण गत असारमै सकिनुपर्ने भए पनि नसकिँदा सात महिना म्याद थपेर अगामी माघको अन्तिमसम्म सक्नेगरी काम भैरहेको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार