कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका भएको हो ।

माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

यस्तै आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १ १ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।  एमालेबाट विनोद कुमार शाह र माओवादीबाट  मुगुका मंगल शाही मन्त्री बन्नुभएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार