सिटिजन लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी

सिटिजन लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी

मुसिकोट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखाले घातक रोगको दावी भुक्तानी वापत रकम  वितरण गरेको छ । बुधबार मुसिकोटमा एक कार्यक्रमको आयोजना गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मुसिकोट नगरपालिका वडा नम्बर ५ घोयलपानीकी कल्पना ओलीलाई १० लाख दाबी रकम वितरण गरेको हो ।

ओलीले १० लाखको जीवन बीमा गर्नुभएको छ भने हालसम्म २ किस्ता वाफत १ लाख ५३ हजार २ सय ६६ रुपैंया तिर्नुभएको छ । मुटु रोग पीडित ओलीले १० लाखको जीवन बीमा गरेकोले विमांक रकम बराबरकै १० लाख रुपैंया वितरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखा प्रमुख कर्मा खड्काले जानकारी दिनुभयो ।

ओलीलाई आज १० लाख दाबी रकम मध्ये निमानुसार कर कटाएर ९ लाख ५७ हजार ६ सय ६३ रुपैंया हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमका विच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र शाखा प्रमुख खड्काले उक्त दाबी रकम विमित ओलीलाई प्रदान गर्नुभयो । ओलीको मुटको भल्वको अप्रेशन गरिएको छ । उहाँलाई मुटु रोग रहेको थाहा पाएपछि अस्पतालले रोग पुष्टि गरेको कागजका आधारमा दाबी रकम उपलब्ध गराइएको शाखा प्रमुख खड्काले बताउनुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार