अस्पतालमा भएको शौचालयको हावाबाट कोरोना सर्न सक्ने तथ्य फेला

अस्पतालमा भएको शौचालयको हावाबाट कोरोना सर्न सक्ने तथ्य फेला

बैशाख १६ काठमाडौ
कोरोना भाइरस हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा जानसक्छ भन्ने नयाँ तथ्य फेला परेको छ । यस संगै संक्रमित व्याक्तिले सास फेर्ने क्रममा बाहिर फाल्ने हावाबाट पनि संक्रमण फैलिन्छ भन्ने देखिएको छ ।

सास फेर्दा बाहिर निश्किने मसिना हावामा निकै मसिना पानीका कणहरु पनि मिसिएका हुन्छन् । अनुसन्धानकर्ताहरुले ती कणहरुमा भाइरसको आनुवंशिक गुण बोक्ने पदार्थ ९डिएन वा आरएनए० मिसिएको पत्ता लगाएका हुन् ।

कोरोना भाइरसको आनुवंशिक गुण बोक्ने पदार्थ आरएनए हो । आरएनएकै माध्यमबाट कोरोना भाइरसले आफ्नो संख्यामा वृद्धि गर्छ र अर्को मानिसमा पनि संक्रमण फैलाउँछ ।

चीनको वुहान विश्वविद्यालयका के ल्यान र उनका सहकर्मीहरुको समूहले संक्रमितको उपचार भइरहेका २ अस्पतालमा एक अनुसन्धान गरेको छ ।

उक्त अनुसन्धानले अस्पताल क्षेत्रमा कोरोना भाइरसको उपस्थिती रहे नरहेको जाँच गरेको हो ।

यस क्रममा कोरोनाबाट संक्रमित बिरामीले प्रयोग गरेको शौचालयको हावामा कोरोना भाइरसको आरएनए फेला परेको छ ।
शौचालयसंगै भेन्टिलेटरमा रहेका बिरामीको वरपर अर्थात कक्षमा पनि आरएनए फेला परेको अनुसन्धानकर्ताहरले उल्लेख गरेका छन् ।

तर, डिस्इन्फेक्सन गरिएको स्वास्थ्यकर्मीको कक्षामा भने भाइरस फेला परेन । भेन्टिलेटरमा राखिएको बिरामीको कक्षमा पनि निकै नै कम एवं पत्ता लगाउन कठिन अवस्थामा मात्रै आरएनए फेला परेको अनुसन्धानले देखाएको छ ।

संक्रमितले प्रयोग गरेको स्थानको हावामा भाइरस देखिएसंगै अनुसन्धानकर्ताहरुले निकै मसिना हावाका कणबाट एक अर्को स्थानसम्म भाइरस जान सक्ने र संक्रमण फैलाउन सक्ने निश्कर्ष निकालेका छन् ।

अनुसन्धानकर्ताहरुले संक्रमणबाट बच्न नियमित रुपमा डिस्इन्फेक्सन छर्कन र भेन्टिलेसनमा राखिएको बिरामीको भेन्टिलेटर पनि उचित रुपले व्यवस्थापन गर्न सुझाव दिएका छन् ।  (एजेन्सी)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार