कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइने

कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइने

फाईल तस्बीर ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । उसले प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन समेत नगर्न निर्देशन दिएको छ ।

मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने, त्यस्तै प्रकृतिका गृहकार्य दिने अभिभावकको गुनासो आएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन आग्रह गरेको छ ।

गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर प्रारम्भिक बालविकासको समय भएको र यस उमेर समूहका बालबालिकालाई सर्बाङ्गीण विकास हुने खालका क्रियाकलापहरुमा बढी संलग्न गराउनु पर्ने  निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम २०७६ ले शिशुविकास केन्द्र, प्रारम्भिक बालविकास पूर्व प्राथमिक शिक्षा र आधारभूत तह (कक्षा १–३) मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्याङ्कन एवम् स्तरीकरण सम्वन्धमा स्पष्ट मार्गदर्शन गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार