सशस्त्र प्रहरी दिवसको अवसरमा डिग्रे मन्दिरमा सरसफाई

सशस्त्र प्रहरी दिवसको अवसरमा डिग्रे मन्दिरमा सरसफाई

मुसिकोट । २२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा  रुकुम पश्चिमको प्रसिद्ध डिग्रे शाईकुमारी भगवती मन्दिरमा सशस्त्र प्रहरी बल नेपाल रुकुम पश्चिमले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा रहेको उक्त मन्दिरमा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले आज मन्दिर वरिपरि सरसफाई गरेको हो ।

मन्दिर वरपर ठाउँमा रहेको फोहोर हटाएर सरसफाई गरिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक गोबिन्द बहादुर केसीले जानकारी दिनुभयो ।

२०५७ माघ ९ गते स्थापना भएको सशस्त्र प्रहरीले विपदको व्यवस्थापन, राजमार्ग सुरक्षा, अतिविशिष्ट महानुभावको सुरक्षा लगायतका शान्ति सुरक्षाको काम गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार