जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

मुसिकोट । जबरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिममा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका –१ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताउनुभयो ।

प्रहरीका अनुसार युवतीलाई माघ ११ गते राति उनले जबरजस्ती करणी गरेको आरोप लागेको छ । अभियुक्त श्रेष्ठलाई रुकुमपश्चिम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार