बाँफिकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाँफिकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९ साउन महिना देखि हालसम्म गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो ।

गाउँपालिकामा चालु खर्च तर्फको कुल बजेट ४१ करोड ७७ लाख ३२ हजार ८५३ रुपैयाँ मध्यमा अहिले सम्म १४ करोड ९३ लाख ९० हजार ८७२ रुपैया खर्च भएको छ । जसमा २६ करोड ८३ लाख ४१ हजार ९८० मौज्दात रहेको छ ।

यस्तै पुजीगत तर्फको कुल बजेट १६ करोड ११ लाख ८३ हजार ६९ रुपैयाँ मध्येमा २ करोड ३३ लाख ६१ हजार ८४५ रुयैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । जस मध्य १३ करोड ७८ लाख २१ हजार २२४ रुपैयाँ मौज्दात रहेको छ ।

बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठामगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तारा बुढा केसी, जनप्रतिनिधी, गाउँपालिका अन्तरगतका विभिन्न शाखा प्रमुख, राजनितिक दल तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण पत्रकार देवकुमार ओलीले गर्नुभएको थियो । कार्यक्रमका सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएको गाउँ कार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार