नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गरे आत्मआलोचना

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गरे आत्मआलोचना

बैशाख २० काठमाडौ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठक वैशाख २५ गतेका लागि डाक्ने निर्णय गरेको छ।

शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेको श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार बैठकमा अन्य शीर्ष नेताहरूले पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे आत्मआलोचना गरेका थिए।

यस्तै आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ।  फोटो फाईन

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार