राडिज्युला शिक्षा क्याम्पसको स्ववियू सभापतिमा दिपक केसी विजयी

राडिज्युला शिक्षा क्याम्पसको स्ववियू सभापतिमा दिपक केसी विजयी

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ मा रहेको राडिज्युला शिक्षा क्याम्पसको स्ववियू सभापतिमा नेकपा माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) का दिपक केसी विजयी हुनुभएको छ ।

आज आइतबार भएको मतदानमा केसीले अनेरास्ववियू क्रान्तिकारी (विप्लव), नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन सहितको गठवन्धनलाई ४६ मतले पराजित गर्नुभएको हो ।

केसीले १०४ मत ल्याउँदा गठवन्धनबाट उठेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका हरि पुनले ५८ मत ल्याउनुभएको छ ।

यस्तै सचिव, कोषाध्यक्ष र सदस्यहरुमा अखिल क्रान्तिकारीको प्यानलनै विजयी भएको छ ।

राडिज्युला शिक्षा क्याम्पसमा १ सय ६८ मत खसेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार