जारी लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

जारी लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

जेठ ४ काठमाडौ । लकडाउनबारे निर्णय गर्न आज (आइतबार) कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्दैछन् । दिउसो २ बजे बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ । चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनको अवधि भोलि सोमबार सकिदैछ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्राद बिडारीले लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारलाई समितिले सिफारिस गर्ने बताएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार