दैलेखमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

दैलेखमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १७ सुर्खेत
कर्णाली  स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं‍ २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार