महान्यायाधिवक्ता अग्नि खरेल भने : सोती घटनाको मुद्धा बिग्रन दिन्नौं

महान्यायाधिवक्ता अग्नि खरेल भने : सोती घटनाको मुद्धा बिग्रन दिन्नौं

जेठ २० काठमाडौ
पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा भएको घटनालाई बिग्रिन नदिने महान्यायाधीवक्ता अग्नि खरेलले बताएका छन । उनले विगतमा कतिपय घटना बिग्रिएका कारण निष्कर्षमा पुग्न कठिन भएको उल्लेख गर्दै यो घटनालाई भने बिग्रन नदिने बताएका हुन्।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताएका हुन् ।

यो प्रकरणमा कसैको भनसुन नलाग्ने उनले प्रष्ट पारे। जिल्लामा अनुसन्धानका लागि गएका प्रहरी तथा अधिकृतलाई विभिन्न नेताहरुले अनेक किसिमले भनसुन गरिएको भन्दै उनले त्यो काम नलाग्ने बताए। ‘उहाँहरुलाई विभिन्न नेताहरुको फोन आइरहेको छ। उहाँहरुलाई मैले भनेको छु( जसको भनसुन आए पनि मलाई कल डाइभर्ट गरिदिनुस्। म कुरा गरौंला’, खरेलले भने, ‘उहाँहरुलाई मैले निर्धक्क भएर छानबिन गर्न भनेको छु।’

यस्ता मुद्दा अलिकति मात्रै तलमाथि भएमा जटिल बन्ने कुराको विगतमा पाठ सिकिसकेको भन्दै त्यस्तो हुन दिनुनहुने बताए। यो विषयमा सबै सचेत बन्नुपर्ने उनले बताए।  उनले घटनाको सन्दर्भमा अनुसन्धानको काम भइरहेको भन्दै यथेष्ट प्रमाण बाहिर आउने विश्वास दिलाए।

त्यस्तै प्रहरी प्रमुख ठाकुर ज्ञवालीले घटना विवरण प्रस्तुत गरेका थिए। उनले पाँच जनाको शव भेटिएको, २० जना विरुद्ध जाहेरी परेको, १८ जना पक्राउ परेको तथा बाँकीको खोजी कार्य चलिरहेको जानकारी सांसदहरुलाई गराएका थिए।

जाजरकोटको भेरी नगरपालिका- ४ रानागाउँका २१ वर्षीय नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराज सहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १० गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटपिट गरेर हत्या गरेको आरोप लागेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार