रुकुमकाे सोती घटनाका आरोपितलाई दश दिन म्याद थप

रुकुमकाे सोती घटनाका आरोपितलाई दश दिन म्याद थप

जेठ २२ काठमाडौ

रुकुम चौरजहारि नगरपालिका-८ सोतीमा भएको घटनाका आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताउनु भएको छ ।

साे घटनामा संलग्‍न भएको आराेपमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल सहित प्रहरीले १८ जनालाई पक्राउ गरेकाे छ भने दुई जना फरार रहेका छन ।

पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार