शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ २३ काठमाडौं

शुक्रबार नेपालमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २ हजार ९२२ पुगेको जनाए । तीमध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिएको जानकारी दिनुभएकाे छ ।

पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार