न्यायको माग गदै रुकुम पश्चिममा प्रर्दशन

न्यायको माग गदै रुकुम पश्चिममा प्रर्दशन

सगम केसी, जेठ २६ रुकुम पश्चिम
सोती घटनाको निश्पक्ष छानवीनको माग गदै सोमवार रुकुम पश्चिममा नागरिक खबरदारी गरिएको छ । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल राष्ट्रिय मगर संघको सयुक्त आयोजनामा घटनाको सत्य तथ्य छानवीनका लागी दवाव दिन खलंगामा प्रर्दशन गरिएको हो ।

प्रर्दशनकारीले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध गरेका थिए। सभामुखले संसदीय समिति गठन गर्ने बताए पनि छानबिन समिति गठनमा ढिलाइ हुनुले घटनालाई लुकाउने खतराको आशंका गरेका छन ।

सत्यतथ्य छानवीन गर, दोषीलाई कारवाही गर, पिडितलाई न्याय दे , मृतकलाई संस्कृतिक शहिद घोषणा गर लगायतका माग लेखिएका प्ले कार्ड बोकेर नारा लगाउँदै खलंगा बजारमा प्रर्दशन गरेका थिए ।

घटनालाई निश्पक्ष छानवीन र अनुसन्धानका लागी दवाव दिन आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तारक केसीले बताए । प्रर्दशन पछि कालि मन्दिरमा भएको कोण सभालाई अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सिता ओली, दलित संघका केन्द्रिय सदस्य यज्ञ परियार, महिला संघको सभापति मनिषा भण्डारी, नेविसंघका पूर्व केन्द्रिय सदस्य तारक केसी, नेविसंघ सिटिईभिटी इकाई अध्यक्ष कर्ण बहादुर ओली, नेपाल राष्ट्रिय मगर संघका सभापति टेक बहादुर पुन, दलित संघ रुकुमका सभापति प्रविर ददेल, सोती हत्या काण्ड विरुद्धका नागरिक संघर्ष समिति जाजरकोटमा सह-संयोजक छवि पन्त, नेविसंघका जिल्ला अध्यक्ष लाल बहादुर ओलीले सम्बोधन गरेका थिए । कोण सभामा बोल्ने अधिकाशं वक्ताहरुले घटनालाई तोडमोड गर्न खोजिए देशबासीहरुको लागि सह्रय नहुने चेतावनी दिएका थिए ।

जेठ १० मा पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामापरि जाजरकोटका नवराज सहित छ जनाको ज्यान गएको छ । दलित युवाले मल्ल थरकी प्रेमिकालाई लिन जाँदा स्थानीयले आक्रमण गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार