सोती घटना : कल डिटेलका आधारमा थप दुई पक्राउ

सोती घटना : कल डिटेलका आधारमा थप दुई पक्राउ

जेठ २८ काठमाडौ

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा संलग्न भएको भन्दै बुधबार प्रहरीले भेरी नगरपालिका–४ का इन्द्रबहादुर मल्लसहित २ जनालाई पक्राउ गरेको छ । कल डिटेलका आधारमा पक्राउ गरिएका इन्द्रबहादुर सोती गाउँका मल्ल परिवारका आफन्त हुन् ।

उनको परिवार लामो समयमा भेरी नगरपालिका ४, गैरीखालीमा बसोबास गर्दै आएको छ । गत १० गते घटना हुनुअघि नवराजहरूको समूह केटी भगाउन आएको भनी इन्द्रबहादुरले फोनमार्फत सोती गाउँका मल्ल परिवारलाई सुराकी गरेको पीडित परिवारले आरोप लगाएको छ ।

इन्द्रबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुम पठाइएको जाजरकोट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए । त्यस्तै प्रहरीले उक्त घटनामा पक्राउ परेका प्रतिवादीको बयानका आधार सोतीकै अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ । उनको नाम खुलाइएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार