पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या ८ पुग्यो

पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या ८ पुग्यो

जेठ ३२ काठमाडौ

शनिबार राति पर्बतकाे कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा पुरिएकामध्ये तीनजनाको शनिबार राति नै शव भेटिएको थियो । बाँकी दुई जनाको आइतबार बिहान र ३ जनाको  दिउँसो शव भेटिएको हो ।

मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापा छन् । त्यस्तै २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विकको पनि शव फेलापरेको घटनास्थलबाट पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार अहिले दिउँसो साढे १ बजेसम्म पनि जेनिसा विक हराइरहेकी छिन् ।

बेपत्ताहरुको खोजी कार्यका लागि बिहान ६ बजेदेखि नै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

सुरक्षाकर्मी र स्थानीयलाई उद्धारमा समस्या भएपछि बिहानदेखि एस्काभेटरको सहायता लिइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार