बाजुरामा आरडीटी पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट

बाजुरामा आरडीटी पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट

असार २ काठमाडौ

बाजुराकाे हिमाली गाउँपालिका-५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङगामुडा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा वसीरहेकाहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मी माथि ढुङगामुडा प्रहार गरेका हुन् ।

१४ दिन पुरा भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी टेष्ट गर्न जानुभएको थियो । केहि व्यक्तिको आरडिटी टेष्ट गरी सकेपछि एक महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयो र त्यसपछि किन आरडीटी रिपोर्ट पोजेटिभ निकालिस भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङगामुडा प्रहार गरेको बुझीएको छ ।

प्रहार गरेको दुङगा लागेर गाउँपालिका स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् । भण्डारीको छातिमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको प्राथमीक स्वास्थ्य केन्द्रका कोबिड १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजंग शाहीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार