स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बन्द राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बन्द राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु

असार ८ काठमाडौं

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार सेवा सुरु भएको छ । अस्पतालका निर्देशक सहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानमा अस्ति शनिबारदेखि उपचार बन्द गरिएको थियो ।

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाव परीक्षण र अस्पतालमा सेनिटाइजर गरेपछि आजदेखि उपचार सेवा सुरु भएको हो । प्रतिष्ठानको आकश्मिक सेवा, मेडिसिन ओपीडी, इएनटी ओपीडी, छाला तथा योनरोग, रेडियोलोजी, डेन्टल, फिजियोथेरापी, बालरोग र माइनर ओटी सेवा सुरु भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिनुभयो ।

प्रतिष्ठानका ६३ जना स्वास्थ्यकर्मी क्वरेण्टीनमा रहेका छन् । प्रतिष्ठानमा कार्यरत २ सय २४ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएकोमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार