सोती घटनाविरुद्ध काठमाडौमा सडक बहस

सोती घटनाविरुद्ध काठमाडौमा सडक बहस

असार १२ काठमाडौ
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको  घटनाविरुद्ध काठमाडौंको बानेश्वरमा सडक बहस भएको छ।
जातीय हत्या र विभेद विरुद्ध भएको सडक बहस कार्यक्रममा विभिन्न दलका नेताको सहभागिता रहेको थियो।

बहसमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले करिब ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण रुकुम पश्चिममा दुखद् घटना भएको बताए। जनजाति आन्दोलन मधेश आन्दोलन भएपनि दलित आन्दोलन नभएकै कारण रुकुम घटनाको विषयमा आवाजहरु उठ्न सकेको छैन,अध्यक्ष लोहनीले भने, जातीय विभेदका घटना बढिरहेका छन्। राजनीतिक आन्दोलन भएपनि सामाजिक आन्दोलन नहुँदा सभ्य समाजको निर्माण हुन सकेको छैन। जातीयताकै कारण बेलाबेला हुने घटनाले देशलाई कलंकित बनाएको उनको भनाइ छ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दलित उत्पीडनको एजेन्डा अगाडि बढाएर आन्दोलन नहुँदासम्म विभेद अन्त्य गर्न नसकिने बताए। अब पनि सामाजिक आन्दोलनमार्फत् दलित उत्पिडन मुद्दा स्थापित गराउन नसकिए यस्ता घटना दोहोरिइरहने उल्लेख गरे।

पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका २३ अभियुक्तहरुलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमले बुधबार आदेश दिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार