रुकुमकाे साेती घटनाको विरोधमा काठमाडौंमा मसाल जुलुस

रुकुमकाे साेती घटनाको विरोधमा काठमाडौंमा मसाल जुलुस

असार १३ काठमाडौ

रुकुम पश्चिम घटनाको विरोधमा मसाल जुलुस निकालिएको छ । आज (शनिवार) सो घटनाको विरोधमा मसाल जुलुस निकालिएको हो । नेपाली कां‌ग्रेस, वैद्य माओवादी, जनता समाजवादी पार्टी लगायतका अन्य ६ पार्टी सम्मिलित संयुक्त दलित राजनीतिक सं‌‌घर्ष समितिको आयोजनामा सो मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुस बांगेमुडादेखि असनसम्म पुगेको थियो । असन पुगेपछि प्रहरीले हस्तक्षेप गर्दै मसाल निभाइदिएको थियो ।

दलित भएको कारण केटालाई मारेको भन्दै उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यलयले ३४ जनाविरुद्ध जन्मकैददेखि आजीवन कारावाससम्मको कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गराएको थियो ।

रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार