कङ्काल सञ्चारकर्मी तेजुको भएको पुष्टि

कङ्काल सञ्चारकर्मी तेजुको भएको पुष्टि

असार १५ काठमाडौं

बूढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कङ्काल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ । विसं २०७६ मङ्सिरमा कङ्काल भेटिएकामा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको कङ्काल परीक्षणपछि खड्काकै पुष्टि भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

बुढीनन्दा तीर्थयात्रामा गएका खड्का घर फर्किने क्रममा बीच बाटाबाटै बेपत्ता भएका थिए । बेपत्ता खड्काको खोजी गर्ने क्रममा एक वर्षपछि दुई करङ, झोला र परिचयपत्र भेटिएको थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखा घर भएका खड्काले बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दामा बजार व्यवस्थापकका रुपमा काम गर्दै आएका थिए । खड्का २०७५ भदौ ९ गते बूढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बेपत्ता भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार