मनसुनको पहिलो पन्ध्र दिनः ३१ जनाले ज्यान गुमाए

मनसुनको पहिलो पन्ध्र दिनः ३१ जनाले ज्यान गुमाए

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा रहेका छन् ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरियो । त्यहाँ पहिरो खस्दा चार जनाले ज्यान गुमाए भने चारवटा गाडीसमेत पुरिएको थियो । मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ । अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन् । गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो ।

सो अवधिमा गत वर्षको तुलनामा विपद्का घटना केही कम देखिए तर मानवीय क्षति भने निकै बढी हुन पुगेको छ । मनसुन शुरु भएको पहिलो १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा पछिल्लो १० वर्षमा यो वर्ष विसं २०७० पछिकै सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा गत वर्ष १५९ घटना भएकोमा यस वर्ष १४३ घटना भयो । राजधानी दैनिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार