नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न लगाइदिँदै । तस्बिर : रोशन सापकोटा/रासस

काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।  बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो ।
बुधबारदेखि प्रहरीको नेतृत्व नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षत्रीले सम्हालेका छन् ।

नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार