रुकुम पूर्वमा दहमा डुबेका युवकको शव फेला

रुकुम पूर्वमा दहमा डुबेका युवकको शव फेला

काठमाडौँ । रुकुम पूर्वको गुप्तादहमा डुबेका एक युवाको शव फेला परेको छ । उनको तिन दिनपछि शव फेला परेको हो । बुधबार पौडी खेल्नेक्रममा डुबेका सिस्ने गाउँपालिका–१ का १९ वर्षीय लजिम बुढाको शव शुक्रबार दहको बीचमा हिलोमा धसिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दह निकै गहिरो भएकोले पनि स्थानीयले शव भेटाउन सकेका थिएनन । प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा पुगेर टोलिले खोजी गरेर शल फेला पारेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार